एमाले राेल्पा नगरपालिका अध्यक्षमा घनश्याम आचार्य चयन

IMG 20211111 113954 एमाले | घनश्याम आचार्य | नेकपा एमाले

राेल्पा । नेकपा एमाले राेल्पा नगरपालिका कमिटीको अध्यक्षमा घनश्याम आचार्य चयन भएका छन्। एमाले नगरपालिका कमिटीको बुधबार लिबाङमा सम्पन्न प्रथम अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा बालाराम डाँगी, सचिवमा दुर्गा पुन, उपसचिवमा सविना विश्वकर्मा र उपसचिवमा रामबहादुर बुढाथोकीलाई चयन गरेको छ। राेल्पा नगरपालिकाको कमिटी ३१ सदस्यीय बनेको एमालेले जनाएको छ।

अध्यक्ष आचार्य लामो समयदेखि मानवअधिकार तथा पत्रकारिताकाे क्षेत्रमा सक्रिय थिए। उनी २०४७ सालमै अनरोस्ववियु राेल्पा जिल्ला कमिटी अध्यक्ष भएर राजनीतिमा कृयाशिल भएपनि २०५० सालपछि मानवअधिकार र पत्रकारिता क्षेत्रमा सक्रिय भएका थिए।

मानवअधिकारकाे क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएकाे भन्दै राष्ट्रिय स्तरकाे मानवअधिकार पुरस्कार समेत प्राप्त गरेका आचार्य पुनः राजनीतिक जीवनमा फर्केपछि एमालेपंक्तिमा उत्साह छाएको छ भने आचार्यकाे राजनीतिक सक्रियताले राेल्पामा एमालेकाे राजनीति नयाँ शिराहाबाट उठ्ने सामाजिक सञ्जालमा प्रतिक्रियाहरू दखिन्छन्।