दोस्रो घोर्नेटी सांस्कृतिक तथा साहित्यिक महोत्सव सम्पन्न

71b9f1170d3ef71d0da6855cc0eea4e8.0

राेल्पा । “जोगाइ राखौ नमुना चिनाइ राखौ इतिहासको पाना , घोर्नेटिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने हाम्रो चाहाना” भन्ने प्रमुख नारा र उदेश्यका साथ माडी एकता युवा क्लब माडी १ रोल्पाको आयोजनामा संचालित दोस्रो घोर्नेटी सास्कृतिक तथा साहित्यिक महोत्सव सम्पन्न भएको छ । 50f985ab9e3a57baf2a09b886bf7f0b0.0

क्लब का अध्यक्ष तथा कार्यक्रम सम्योजक बिरसिङ वलीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा रोल्पा जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र विशिस्ट अतिथिमा माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन , प्रमुख प्रायोजकमा रोल्पाली एग्रो सप्लायर्स कास्की पोखराका संचालक प्रज्वल श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रममा माडी १ का वडा अध्यक्ष आम बहादुर घर्ती कार्यपालिका सदस्य झक्कु प्रसाद परियार, नेकपा माओवादी केन्द्रका इन्चार्ज क. सोम माओवादी केन्द्र माडी गा पा पार्टी अध्यक्ष अम्मर सिङ घर्ती, नेपाली काग्रेसका प्रतिनिधि पशुपति घर्ती, नेकपा का प्रतिनिधि सन्दीप वली लगायत थुप्रै संघ सस्था कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । IMG 20211112 111420

लामो समय काेभिडले थला परि कुजिएको सन्देशमुलक मनोरञ्जनात्मक कार्यक्रममा हजारौं नागरिक वा दर्शकहरुको उत्साहपुर्ण सहभागिता थियो । घोर्नेटिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले संचालित उक्त महोत्सवले एतिहासिक स्थलको प्रचारप्रसारमा उर्जा थप्ने अपेक्षा गरिएको छ ।

सदैब काममा तल्लीन नागरिक लगायत सबै क्षेत्रका व्यक्तिहरुको विश्रामको चौतारी बनी सास्कृतिक तथा साहित्यिक धमाकासङ झुम्ने अवसर दर्सकलाइ मिलेको थियो । जहाँ चर्चित गायक शक्ति चन्द, झन्कार बुढा, बिरेन्द्र खडका बेस्टु, डान्सर निशा घर्ती, टीका घर्ति, गायक दिपक पुन, सुदिप पुन, चमेलि राना, निखिल केसी लगायतका कलाकार र साहित्यकारहरुको बेजोड प्रस्तुति प्रस्तुत गरिएको थियो ।

कार्यक्रमले कला सांस्कृतिक जगेर्ना खेलकुदमा जोड रितिरिवाज परम्पराको बचावट गरि सकारात्मक सोचको विकास गर्न प्रेरित गरेको आयोजकले जनाएको छ । पहिलो दिन सांस्कृतिक तथा साहित्यिक कार्यक्रम र दोस्रो दिन भलिबल लगायतका खेलकुदका कार्यक्रम गरिएको थियो।

क्लबका सचिब जितेश बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव लक्ष्मण खडकाले गर्नु भएको थियो । युद्धले जन्माएको नमुना घोर्नेटीलाई विश्व सामु चिनाउन माइक्रो भिडियो डकुमेन्ट्रीको लागि सामग्री समेत कैद गरि राखिएको छ जस्ले गर्दा प्रचारप्रसारमा टेवा पुगि पर्यटकको आकर्षणको केन्द्र बन्ने आशा गरिएको आयोजकले बताएको छ ।