रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

rolpa hospital रोल्पा अस्पताल

रोल्पा । रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । पहिलो पटक रोल्पामा एमडिजिपिको आगमनसँगै सेवा सुरु भएको हो ।

रोल्पामा विशेषज्ञ डाक्टर रण वहादुर बोगटीद्धारा रोल्पामा अव एपिन्डीसाइट तथा क्याक,हर्निया,हाइड्रोसिलको समस्या लगायतका अप्रेसन सेवा सुरु भएको रोल्पा अस्पतालले बताएको छ ।
Rolpa Hospital 768x346 1 रोल्पा अस्पताल
निकसाइमन्स इन्च्यिुटले डाक्टर बोगटी लगायत ४ जनाको टोलीलाई यो सेवाको लागी खटाइएको सूचना अधिकारी कुल बहादुर डाँगीले बताए । जिल्लामा अब यस्ता विरामीहरू अन्यत्र जान पर्ने बाध्यता हटेको छ । सबै पालिकाले यसमा सहयोग गरे दिगो रुपमा निरन्तर सेवा प्रवाह हुने रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले बताए ।

प्रत्येक स्थानीय पालिकामा शिविर सञ्चालन गरेर रोगको पहिचान गरि जिल्लामा यसको उपचारको व्यवस्था गर्नु पर्ने समेत उनले बताए । अन्य पालिकाले चासो देखाएमा थप सेवा पनि सुरु हुने आचार्यले बताए । कर्णाली प्रदेशबाट रोल्पा आएका डाक्टर बोगटीले दुर्गम जिल्लाका विरामीको सेवा गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए ।

आफुले सेवामा कुनै कन्जुसाइ नगर्ने प्रतिबद्धता जनाए । प्रसुतिको जटिल अप्रेसन सेवा मात्रै हुने रोल्पा अस्पतालमा अब पहिला शल्यक्रिया गरेका विरामीले थप शल्यक्रिया समेत गरिने छ । औजार उपकरण थप भए अरु सेवा पनि विस्तार हुने रोल्पा अस्पताले बताएको छ ।