राेल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

IMG 20211114 122943 माडी गाउँपालिका | राेल्पा | सवारी दुर्घटना

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । माडी गाउँपालिका-२ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

IMG 20211114 122954 माडी गाउँपालिका | राेल्पा | सवारी दुर्घटना

माडी गाउँपालिकाको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

IMG 20211114 122948 माडी गाउँपालिका | राेल्पा | सवारी दुर्घटना

दुर्घटनाको कारण खुलेको छैन। घटनास्थल अप्ठेरो भूगोल भएका कारण अन्य यात्रु पनि हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको सुबेदीले बताए ।

तस्बिर: बुद्धिमान ओली