राेल्पामा जीप दुर्घटना अपडेट : मृतक सबैकाे पहिचान खुल्याे, घाइतेकाे उपचार हुदै

IMG 20211114 122943 माडी खबर | माडी गाउँपालिका | राेल्पा

राेल्पा । जिल्लाको माडी गाउँपालिका वडा नम्बर ६ हान्निङबा घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८३ नम्बरको जीप घर्तीगाउँ नजिकै आइतबार बिहान दुर्घटनामा परि चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा माडी गाउँपालिका ६ हाङमाङ निवासी जिप चालक ५१ वर्षीय रुद्र घर्ति, साेहि ठाउँ बस्ने ५३ बर्षिय टेक बहादुर पुन र ४७ बर्षिया चौसरा विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए ।

घाइते तीन जनालाई उद्धार गरि जिल्ला अस्पताल रेउघा पुर्‍याइएको र उनीहरू गम्भीर घाइते भएकाले बाहिरी जिल्ला लैजान हेलिकप्टरसँग कुरा भइरहेको डिएसपी सुवदीले बताए ।

घाइते हुनेमा २१ वर्षीय बिना घर्ति मगर,१८ वर्षीय लिला पुनमगर र ६१ वर्षीय पञ्चना विक रहेका छन । जीपमा ६ यात्रु भएको डिएसपी सुबेदीले बताए ।

दुर्घटनाको कारण खुलेको छैन। ‘दुर्घटनास्थल भिरालो र मोडहरूसहितको छ,’ उनले भने ‘ब्रेक फेल भएर दुर्घटना भएको अनुमान भइरहेको छ।’ जीप अझैं भिरमै अड्किएको अवस्थामा रहेको छ। जीप साढे ३ सय मिटर तल खसेको डिएसपी सुबेदीले जानकारी दिए ।

तस्बिर : बुद्धिमान वली