माडीसंगै देशैभर आज बुधबार जितिया पर्व मनाइएको छ। जितिया पर्वको मुख्य दिन आज तराई तथा मधेसी समुदायका महिलाहरूले धुमधामका साथ मनाएका हुन् ।
तीन दिनसम्म मनाइने यस पर्वको मूख्य अर्थात दोस्रो दिन आज (अष्टमी) मा महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ। भोलि अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन्। त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ।
जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो ।
माडी नगरपालिकाले आज वुधबार जितिया पर्वकाे अवसरमा स्थानीय विदा समेत दिएका हाे ।