माडीसंगै चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाएका छन् ।
Advertisement
सोह्रश्राद्धकाे अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।
चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि अभियान समेत थालिएको छ ।