माडी, चितवन । माडीकाे बसन्तपुरमा विश्व आत्महत्या राेकथाम दिवसकाे अवसरमा सचेतनामुलक कार्यक्रम एवं र्याली सम्पन्न ।।
माडी नगरपालिका, नेपाल रेडक्रस साेसाइटि चितवन शाखा, माडीका चार वटै रेडक्रस साेसाईटि उपशाखाकाे संयुक्त आयाेजनामा माडीकाे बसन्तपुरमा विश्व आत्महत्या राेकथाम दिवसकाे अवसरमा सचेतनामुलक कार्यक्रम एवं र्याली सम्पन्न भएकाे छ ।
हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसवर्ष तय गरेकाे “आत्महत्या रोकथाममा सवैको सहकार्य” भन्ने नाराका साथ नेपाल लगायत विश्व भरी नै यो दिवस मनाउन लागिएको हाे ।
नेपाल रेडक्रस साेसाइटि कल्याणपुर उपशाखाका सभापति रामकृष्ण अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाकाे नगरप्रमुख ताराकुमारी काजि महताेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
Advertisement