माडी, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको आयोजनामा लागू औषध प्रयोग र तस्करीको अवस्था, आवश्यक चेकजाँच, नियन्त्रण र कारवाहीको अवस्थाका सम्बन्धमा छलफल एवं अन्तरक्रिया कार्यक्रम माडी नगरपालिको सभाहलमा सञ्चालन भैरहेको छ ।
लागू औषध दुरुपयोग विरुद्ध लडौै, रोकथाममा जोड दिऔँ भन्ने नारा सहित सञ्चालित कार्यक्रममा लागू औषध दुव्र्यसन नियन्त्रण सम्बन्धि तीन महिने कार्ययोजना २०८१ को सुभारम्भ आज सोमबार माडी नगरपालिकाबाट सुरु भएको हो ।
माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रुपमा कार्ययोजना पत्र सार्वजनिक गरेर तीन महिने कार्ययोजनाको सुभारम्भ गर्नुभएको हो ।
माडी नगरपालिकाको कार्यालयमा सञ्चालित छलफल एवं अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता रहेको थियो । त्यस्तै, माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यता रहेको छ ।
कार्यक्रममा नगर उपप्रमुख खेम प्रसाद महतो, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी बल सिमा सुरुक्षा पोष्ट छरछरे, जिल्लाका सुरक्षाकर्मी, ट्राफिक प्रहरी, माडीका वडाध्यक्षहरु, सामाजिक अगुवा, सञ्चारकमीर्, नगर युवा सञ्जालका सदस्यहरु लगायतको सहभागिता रहेको छ ।
लागू औषध प्रयोग र तस्करीको अवस्था, आवश्यक चेकजाँच, नियन्त्रण र कारवाहीको अवस्थाका सम्बन्धमा छलफल
लागू औषध प्रयोग र तस्करीको अवस्था, आवश्यक चेकजाँच, नियन्त्रण र कारवाहीको अवस्थाका सम्बन्धमा छलफल
Advertisement
तपाईको प्रतिक्रिया