माडी माध्यामिक विद्यालयको प्राङगणमा सामुदायिक विपद प्रतिकार्य तथा सेमुलेसन अभ्यास गरिएको छ ।
Advertisement
जिल्ला सुरक्षा समिति भरतपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि बघौडा उपशाखाको सहयोगमा विपद सामाग्रि सहितको सुरक्षात्मक तालिमको अभ्यास गरिएको हो । त्यस्तै, एल.पि. ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिका, अग्नि नियन्त्रक (फाएर एक्सटिङग्विसर) को प्रयोग गर्ने तरिका, आत्मरक्षा सम्बन्धि अभ्यास, घाइतेलाई गरिने प्राथामिक उपचार लगायतको विषयमा अभ्यास गरिएको हो ।
माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चितवनका सभापति टंकराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।