भरतपुरकाे वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको विशेष कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने भएकाे छ ।
Advertisement
राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्न राष्ट्रपति रामचन्द्र पाैडेल चितवन आउनुहुने भएकाे हाे ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनलाई आधार मानी विगत २० वर्षदेखि सतर्कता दिवस मनाइँदै आएको छ । यही अवसरमा क्यान्सर अस्पतालले आफ्नो रजत महोत्सव समारोह आयोजना गर्दै छ ।
चीन सरकारको सहयोगमा स्थापित यो अस्पतालले २०५६ असोज १० गतदेखि सेवा सुरु गरेको हो । यसको औपचारिक उद्घाटन २०५७ असोज १० गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका हुन् ।