माडी लगायत देशका अधिकांश ठाउँहरुमा पानी पर्ने क्रम रोकिएको छ । अविरल झरीले कष्टकर बनेको माडीको जनजिवन विस्तारै सामान्य बन्दै गएको हो ।
माडीको मगोइ खोलको निर्माणाधिन पुलबाट तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनहरु ओहोरदोहोर गर्न नपाउँदा यात्रुहरुले सास्ति खेप्नुपरको हो ।
त्यस्तै, माडी–१ बनकट्टाको प्रवेशद्धारदेखि रिउखोलाको पुरानो पुलसम्मको सडक जलमग्न हुँदा यात्रु तथा सवारीसाधनहरु दिनभर रोकिनुपरेको थियो भने साँझपख पानीको सतह कमभएसंगै यातायात सुचारु भएको हो ।
त्यस्तैगरि, वर्षाले माडीका दर्जनौ घरहरु डुबानमा परेका छन् भने कतिपय घरबाट सामानहरु समेत अन्यत्र सार्नुपरेको थियो । माडीसंगै देशैभर अझै केहिदिन वर्षाको सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सजग गराएको छ ।
Advertisement