माडी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि महिला शान्ति र सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना विषयक अभिमुखिकरण आज आइतबार माडी नगरपालिकाको सभा-हलमा सम्पन्न भएको छ ।
Advertisement
नगर प्रमुख ताराकुमारी काजी महतो ज्यूको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख खेम प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, नगर प्रवक्ता डण्डपाणी पौडेल, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्य, ईलाका प्रहरी कार्यालय प्रमुख केदारमान दाेङ तथा माडीमा रहेका द्वन्द्वपिडित महिलाहरूको तर्फबाट प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।