माडी, चितवन । सिबीस संस्था र टि.डि.एच. जर्मनकाे आर्थिक सहयाेगमा स्थानिय सरोकारवालासंग स्थानीय अनुकूलन कार्ययोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।।
सिबीस संस्था र टि.डि.एच. जर्मनकाे आर्थिक सहयाेगमा स्थानिय सरोकारवालासंग स्थानीय अनुकूलन कार्ययोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमकाे नेतृत्व माडी नगर युवा सञ्जालकाे रहेकाे थियाे ।
साे कार्यक्रममा प्रशिक्षक राम बहादुर मिजारले स्थानिय अनुकुलन कार्ययोजना तर्जुमा तयारीका चरणहरु, जलवायु परिर्वतन सम्बन्धि सचेतना अभिवृद्धि, जलश्रोतको अभाव र यसको उचित व्यवस्थापनमा अपनाउनुपर्ने उपायहरु लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडीका ७ वटा वडाका वडाध्यक्षहरूकाे उपस्थिती रहेको थियो ।
कार्यक्रममा चितवन सक्रिय महिला प्रतिष्ठानका प्रतिनिधि फुल माया महतो, सिविस संस्थाको कार्यक्रम संयोजक छिरीङ डोल्मा लामा, नगर युवा सञ्जालका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम माडीकाे बसन्तपुरस्थित हाेटल प्याराडाइजमा सम्पन्न भएकाे हाे ।
सिबीस संस्था र टि.डि.एच. जर्मनकाे आर्थिक सहयाेगमा स्थानिय सरोकारवालासंग स्थानीय अनुकूलन कार्ययोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
सिबीस संस्था र टि.डि.एच. जर्मनकाे आर्थिक सहयाेगमा स्थानिय सरोकारवालासंग स्थानीय अनुकूलन कार्ययोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया